अन्तर्राष्ट्रिय

उत्तर कोरियामा विदेशी लुगा वा सिनेमा हेरे मृत्युदण्ड

Banner

एजेन्सी,जेठ २६-

उत्तर कोरियाली शासक किम जोन उनले देशमा कडा कानून लागू गर्ने भएका छन्। विशेष गरि युवाहरुलाई लक्षित गरेर ल्याउन लागिएको कानूनमा विदेशी लुगा वा सिनेमा हेर्न पाइने छैन। यदि कसैले कानूनविपरीत व्यवहार देखाए मुत्युदण्ड पाउनेछ ।

नेता किमले नयाँ कानून जारी गर्ने तयारीमा छन्। नयाँ कानून पारित भए कुनै पनि नागरिकले विदेशी लुगा लगाउने र विदेशी सिनेमा हेर्न पाउने छैनन्। नयाँ कानूनमा नागरिकका घरमा अमेरिका, जापान तथा दक्षिण कोरियाका भिडियो वा पत्रिका पाए, उनीहरूलाई पनि मृत्युदण्ड दिने व्यवस्था रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>