देश/प्रदेश

चार अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न स्वीकृति

Banner

सुदूरपश्चिम, साउन २१-

सुदूरपश्चिम प्रदेश सरकारले चार वटा प्रादेशिक अस्पताललाई सहिद दशरच चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षण अस्पतालका रूपमा प्रयोगका लागि स्वीकृति दिएको छ ।

प्रदेश मन्त्रिपरिषद् आजको बैठकले यसै वर्षदेखि विश्वविद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालनका लागि कैलालीको सेती, लम्किचुहा र टीकापुर तथा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न दिने निर्णय गरेको हो ।

स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रावधानअनुसार प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न दिने र त्यसका लागि सम्बन्धित निकायसँग आवश्यक सम्झौता गरी कानुनी र प्रशासनिक प्रक्रिया अघि बढाउने निर्णय गरिएको मुख्यमन्त्री शाहका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले जानकारी दिनुभयो ।

सहिद दशरचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गरेको ऐन, २०८२ को दफा २० मा प्रादेशिक अस्पतालसँग सम्झौता गरी उपयोग गर्न सक्ने व्यवस्था छ ।

उक्त ऐनमा भनिएको छ, “विश्वविद्यालयले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको समन्वयमा अस्पतालसँग सम्झौता गरी त्यस्तो अस्पतालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न वा शिक्षण अस्पतालको रूपमा उपयोग गर्न सक्नेछ ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>