खेलकुद

भारतका कप्तान सुनील क्षेत्रीले मेसी रेकर्ड तोडे,अन्तर्राष्ट्रिय गोल संख्यामा ७४ पुर्‍याए

Banner

काठमाडौं, जेठ २५-

भारतीय राष्ट्रिय फुटबल टिमका कप्तान सुनील क्षेत्रीले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ७४ पुर्‍याएका छन्। उनले भारतका लागि अहिलेसम्म ११७ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्।

सोमबार राति कतारको दोहामा भएको विश्वकप छनोटअन्तर्गतको खेलमा सुनीलले बंगलादेशविरुद्ध दुई गोल गरेका थिए। खेलमा भारतले २-० को जित निकालेको थियो। सो जित भारतले जारी विश्वकप छनोटमा हात पारेको पहिलो जित हो।

दुई गोल गरेसँगै सुनील अहिले सक्रिय खेल जीवनमा रहेका खेलाडी मध्ये बढी अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिए।  सक्रिय खेलाडी जीवनमा रहेका खेलाडी मध्ये सर्वाधिक गोल गर्ने खेलाडी पोर्चुगलका क्रिस्टियानो रोनाल्डो हुन्। उनले देशका लागि अहिलेसम्म १०३ गोल गरिसकेका छन्।

तेस्रो स्थानमा युएईका अली अहमद छन्। उनले ७३ गोल गरेका छन्। चौथो स्थानमा रहेका अर्जेन्टिनाका कप्तान लिओनल मेसीले ७२ गोल गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>