खेलकुद

विश्वकप छनोटः नेपालले आज चाइनिज ताइपेईसंग खेल्दै

Banner

काठमाडौँ, जेठ २०–

सन् २०२२ मा कतारमा हुने विश्वकप छनोट अन्तरगतको एसिायली क्षेत्रको संयुक्त छनोट खेलको दोस्रो चरणको खेल आजदेखि सुरु हुँदैछ । आज पहिलो दिन नेपालले चाइनिज ताइपेईसंग प्रतिस्पर्धा गर्दैछ । यस्तै सोही समयमा अष्ट्रेलिया र घरेलु टोली कुवेतबीच पनि खेल हुँदैछ । नेपालको खेल राति ९ः४५ बजेदेखि सुरु हुँदैछ । सो खेलको कान्तिपुर टिभीले प्रत्यक्ष प्रशारण गर्दैछ ।

पहिलो चरणको खेलमा नेपालले चाइनिज ताइपेइलाई पराजित गर्दै ३ अंक जोडेको थियो । अहिलेसम्मको अवस्थामा चाइनिज ताइपेइसँग खेलेका दुई खेलमा नेपाल अपराजित छ । यसअघि एक मैत्रीपूर्ण खेलमा नेपाल र चाइनिज ताइपेइले बराबरीको नतिजा निकालेको थियो ।
नेपाल र चाइनिज ताइपेई पहिलो पटक भिड्दा अभिषेक रिजालले डेब्यु गोल गरेका थिए । यस्तै २०१९ मा भएको विश्वकप छनोटमा नेपालले जित्दा अन्जन विष्टले दुवै गोल गरेका थिए । अहिले दुवै जना नेपाली टोलीसँगै कुवेतमा छन् ।

फिफा वरीयतामा चाइनिज ताइपेई नेपालभन्दा ३० स्थान माथि छ । फिफाले पछिल्लो पटक जारी गरेको वरीयतामा नेपाल १७१ औं स्थानमा छ । चाइनिज ताइपेई १४१ औं स्थानमा छ । यस प्रतियोगितामा नेपाल उत्कृष्ट चौथो टिम बन्न सके २०२३ मा चीनमा हुने एसिया कपको तेस्रो चरणमा प्रवेश गर्नेछ । त्यसैले आजको जित नेपालका लागि महत्वपूर्ण छ ।

कुवेतमा सुरु हुन लागेको समूह बीको छनोट खेलमा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेईले प्रतिस्पर्धा गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>