Breaking News

नेपालमा थप ४४८७ जनामा कोरोना संक्रमण, ६०८० जना निको, ११६ जनाको मृत्यु

Banner

काठमाडौं, जेठ १५

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ७५२ जनामा गरिएको परीक्षणमा ४ हजार ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ ।

यस्तै ६ हजार ८० जना निको भएका छन् । यससँगै निको हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ ।

यस्तै ११६ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ७ हजार १६३ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>