राजनीति

खोप व्यवस्थापनका लागि राष्ट्रपतिको सक्रियः चीनलाई फोन, भारतलाई पत्र

Banner

काठमाडौं,जेठ १३-

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी मानिएको खोप व्यवस्थापनमा गम्भीर चासो लिएकी छन् ।उत्तरी छिमेकी मुलुक चीनका समकक्षी सी जिनपिङसँग बुधबार दिउँसो भएको ‘टेलिफोन वार्ता’मा राष्ट्रपति भण्डारीले ‘नेपाललाई कोरोना भाइरसविरुद्धको खोप खरिदमा आवश्यक सहजीकरण’का लागि आग्रहसमेत गरेकी छन् ।

चिनियाँ समकक्षी सीले ‘असल र घनिष्ट छिमेकी मुलुकका नाताले नेपाललाई सक्दो सहयोग गर्न चीन सकारात्मक रहेको’ बताएका छन् ।नेपाल–चीन सम्बन्ध, ऐतिहासिक परम्परा तथा बुद्धजयन्तीसहित दुवै देशका राष्ट्रपतिबाट भएको भ्रमणमा भएका समझदारी कार्यान्वयनबारे पनि भण्डारी र सीबीच छलफल भएको छ ।

यसअघि, मंगलबार राष्ट्रपति भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई ‘कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिने विषयमा पहल गरिदिन’ अनुरोध गरेकी थिइन् । समकक्षी कोविन्दलाई परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाउँदै उनले ‘नेपाललाई खोप उपलब्ध गराउने विषयमा सहजीकरण गरिदिन’ आग्रह गरेको राष्ट्रपतिका सञ्चार विज्ञ ढकालले जानकारी दिए ।

पत्रमा यसअघि अनुदानमा दिएको खोपका लागि भारत र भारतीय जनतालाई धन्यवादसमेत दिइएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>