Breaking News

चितवनमा निषेधाज्ञाको बेला पसल खोल्ने ७ जना संचालक पक्राउ

Banner

चितवन, जेठ १२–

चितवनमा निषेधाज्ञाको बेलामा पनि पसल संचालन गर्ने ७ जना संचालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आज (बुधबार) विहान नारायणगढको कमलनगर, पुतली बजार र पोखरा बसपार्क क्षेत्रमा पसल संचालन गर्ने संचालकलाई पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनले दोस्रो पटक थप गरेको निषेधाज्ञाको अवधि भोलि (बिहीबार) सकिदै छ । यस अवधिमा पनि छिटपुट मात्रामा पसल खुल्न थालेपछि प्रशासनले निगरानी बढाएको थियो । आज विहान नारायणगढ क्षेत्रका धेरै मात्रामा कपडा पसलहरु, किराना पसलहरु खुल्न थालेपछि प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवंम प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

उनले प्रशासनको आदेशलाई उल्लंघन गर्नेलाई कारवाही गरिने बताए । पक्राउ परेका व्यवसायीहरुलाई वडा प्रहरी कार्यालय नारायणगढमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>