Breaking News
जसपाको एकता संकटमा, महन्थ ठाकुरले उपेन्द्र यादवलाई सोधे स्पष्टिकरण
०
काठमाडौँ, जेठ १२–
मधेशको राजनीतिबाट उदायको जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ । राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टी मिलेर बनेर जनता समाजवादी पार्टी अहिले फुटकै अवस्थामा पुगेको हो ।
दुई पक्षले एकअर्कालाई गम्भिर आरोप लगाउँदै स्पष्टीकरण समेत सोध्ने अवस्थामा पुगेका छन् । यही क्रममा पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् । यसले जसपाको एकता गम्भिर संकटमा पुगेको देखाउँछ ।
जसपाका अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरीत कार्य गर्दै हिँडेको भन्दै यादवलाई अनुशासनको कारबाहीको व्यवस्था अनुसार स्पष्टीकरण सोधेका हुन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























