Breaking News
चितवनमा आज एकैदिन १३ कोरोना संक्रमितको मृत्यु, आईसीयू र भेन्टिलेटरमा २५७ जनाको उपचार हुँदै
०

चितवन, जेठ ११-
विगत २४ घण्टामा चितवनमा कोरोना संक्रमणबाट १३ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर अस्पतालमा ४ जना, चितवन मेडिकल कलेजमा ४ जना, पुरानो मेडिकल कलेजमा ३ जना र अन्य आइसोलेसन केन्द्रमा २ जनाको मृत्यु भएको छ ।
त्यसैगरी चितवनका विभिन्न अस्पतालको आईसीयूमा २०४ जना, भेन्टिलेटरमा ५३ जना, एचडीयूमा ६३ जना, जेनरल बेडमा १६३ जना गरी जम्मा ४३१ जना बिरामी अस्पतालमा उपचाररत छन् । त्यसैगरी विभिन्न अस्पतालबाट विगत २४ घण्टामा ५५ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























