Breaking News

चितवनमा कोरोना संक्रमण दर घट्यो, दैनिक ३०० पुगेको संक्रमण दर १०६ मा झर्‍यो

Banner

चितवन, जेठ ११-

विगत तीन दिनदेखि चितवनमा कोरोना संक्रमण दर निरन्तर ओरालो लागेको छ ।

एकै दिन ३०० को हाराहारीमा संक्रमण दर बढिरहेको चितवनमा तीन दिनदेखि संक्रमण दर केही घटेको पाइएको हो ।
स्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार आइतबार ५१ जनालाई कोरोना संक्रमण देखिएको थियो भने सोमबार १८९ र आज थप १०६ जनामा संक्रमण देखिएको छ ।

विगत २४ घण्टामा चितवनमा थपिएका संक्रमित मध्ये भरतपुरका ७०, खैरहनीका २, माडीका ४, रत्ननगरका ७, राप्तीका ५ र कालिकाका १४ जना रहेका छन् ।

यो सँगै चितवनमा सक्रिय संक्रमितको संख्या चार हजार ८३४ जना रहेका छन् । जसमध्ये अस्पतालको आइसोलेसनमा १६२ जना र होम आइसोलेसनमा चार हजार ६५८ जना रहेका छन् । चितवनमा अहिलेसम्म कोरोना संक्रमणबाट २०६ जनाले ज्यान गुमाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>