Breaking News
कोरोना संक्रमणबाट देशभर १८५ जनाको मृत्यु, ७४२५ जनामा संक्रमण पुष्टि
०

काठमाडौं, जेठ ९ –
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप जनाको मृत्यु १८५ भएको छ भने ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको छ । तेस्तै ७ हजार १३५ जना संक्रमणमुक्त भएका छन् ।
देशभरका प्रयोगशालामा १९ हजार ८४६ नमुनाको पीसीआर टेष्ट गर्दा ७२२० र ६०७ एन्टिजेन टेष्ट गर्दा २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ । उनीहरुमध्ये १ लाख ८ हजार ७१ जना होम आइसोलेसनमा छन् । ७ हजार २७६ जना संस्थागत आइसोलेसनमा छन्, जसमध्ये १६९७ जना आईसीयूमा उपचाररत छन् ।
यससँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ । हालसम्म संक्रमित भएका ५ लाख २० हजार ४६१ मध्ये ६५३१ जनाको मृत्यु भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























