Breaking News

चितवन मेडिकल कलेजमा एकैदिन ८ कोरोना संक्रमितको मृत्यु, गम्भीर बिरामीको संख्या घट्दै

Banner

चितवन, जेठ १०-

चितवन मेडिकल कलेजमा विगत २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कलेजले आज बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार अस्पतालमा मृत्यु हुनेमा ५ पुरुष र ३ महिला छन् । अस्पतालमा आईसीयूमा उपचाररत गम्भीर बिरामीको संख्या भने कमी आएको तथ्यांकमा उल्लेख छ । चितवन मेडिकल कलेजमा आईसीयूमा बिरामीको संख्या १५९ सम्म पुगेको थियो तर विगत २४ घण्टाको तथ्यांकमा गम्भीर बिरामीको संख्या घटेर १०८ जनामा झरेको छ ।

त्यसैगरी अस्पतालमा भेन्टिलेटरमा ३४ जना बिरामी उपचाररत छन् । विगत २४ घण्टामा अस्पतालका कुनै पनि स्वास्थ्यकर्मी संक्रमित भएका छैनन् । त्यस्तै विगत २४ घण्टामा १७ जना बिरामी डिस्चार्ज भएको चितवन मेडिकल कलेजले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>