चितवन विशेष
रोटरीको ग्लोबल गिभिङ परियोजना मार्फत् माडीमा ६ लाख बढीको सहयोग
०

चितवन, जेठ ९-
नारायणगढ रोटरी क्लबले माडी नगरपालिका–१ गर्दीमा थारु महिला सामूहिक कृषि समूहलाई व्यवसायिक कृषि कार्यक्रमका लागि छ लाख ४० हजार रुपैयाँ सहयोग गरेको छ ।
रोटरीको ग्लोबल गिभिङ परियोजना मार्फत् सो सहयोग प्रदान गरेको क्लबका अध्यक्ष अनुकूल श्रेष्ठले बताए ।
उक्त सहयोग रकमले कृषि समूहका महिलाहरूले करिब दुई बिघा क्षेत्रमा फैलिएको पोखरीमा दुई सोलार पम्प प्रणाली, आठ हजार माछाका भुराहरू र हाँस पालनका लागि १०० वटा हाँसका चल्लाहरू खरिद गरेको नारायणगढ रोटरी क्लबका सेवा परियोजना निर्देशक इञ्जिनियर गुणेश्वर महतोले बताए । त्यसैगरी सो स्थानमा पोखरी खन्ने कार्यका लागि कृषि ज्ञान केन्द्र भरतपुरले सहयोग उपलब्ध गराएको र हाँसको खोर निर्माणका लागि माडी नगरपालिकाको १ नं वडा कार्यालयले रकम विनियोजन गरेको इञ्जिनियर महतोले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























