चितवन विशेष

देवघाटका विपन्न परिवारलाई रोटर्‍याक्टको खाद्यान्न सहयोग

Banner

चितवन, जेठ ७–

रोटर्‍याक्ट क्लव अफ नारायणी मिडटाउनले निःशुल्क खाद्यान्न वितरण गरेको छ । कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि सरकारले गरेको लकडाउनको बेलामा खान नपाएर समस्यामा रहेका परिवारलाई रोटर्‍याक्टले खाद्यान्न सहयोग गरेको हो ।

तनहुँको देवघाट गाउँपालिका–५ पुरानो बरास्तीका चेपाङ र बोटे समुदायका ३२ घरलाई खाद्यान्न सहयोग गरिएको क्लवका विनोद श्रेष्ठले जानकारी दिए । करिव २५ हजार रुपैयाँ बराबरको उक्त खाद्यान्न गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले हस्तान्तरण गरेका थिए ।

खाद्यान्न सहयोगमा कृषि विकास बैंक भरतपुर, रोटरी क्लव अफ नारायणी मिडटाउन, रोटर्‍याक्ट क्लव अफ भरतपुर, रोटर्‍याक्ट क्लव अफ चितवनले सहकार्य गरेका थिए भने लियो क्लव अफ देवघाट चौतारीले सहजीकरण गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>