देश/प्रदेश

राष्ट्रिय सभा उपनिर्वाचन मतगणना अपडेटः खिमलाल देवकोटा (१२८), रामबहादुर थापा (१०३) मत

Banner

हेटौँडा, जेठ ६–

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन अन्तरगतको अहिले मतगणना कार्य चलिरहेको छ ।

जारी मतगणनामा स्थानीयतर्फको गणना सकिएको छ । जसमा कलम चुनाव चिन्ह रहेका खिमलाल देवकोटाले अग्रता लिएका छन् । देवकोटाले १२८ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्धन्द्धी एमालेका रामबहादुर थापाले १०३ मत प्राप्त गरेका छन् । यस्तै मादललाई २ मत प्राप्त भएको छ । आज विहानदेखि सुरु भएको मतदान अपरान्ह ३ बजेसम्म चलेको थियो ।

मतदानमा कुल ३३८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेश सांसदतर्फ १०९ मध्ये १०५ मत खसेको थियो भने स्थानीय तहतर्फ २३८ मतदाता मध्ये २३३ मत मात्रै खसेको कार्यालयले जनाएको छ ।

प्रदेश सांसदतर्फ विवेकशील साझाका तीनजना सांसद मतदान प्रक्रियामै सहभागी भएनन्। यो पटक विवेकशील ‘नो भोट’ को पक्षमा उभिएको थियो ।
त्यस्तै माओवादीका दोलखाबाट निर्वाचित समानुपातिक सांसद हिमाली गोले मतदानमा सहभागी भइनन्। उनी बिरामी भएर उपस्थिति नभएको बताएकी छन् ।

स्थानीय तहतर्फ पाँचजनाले भोट दिएनन्। जसमा दोलखाको मैलुङ गाउँपालिकाकी उपाध्यक्ष कल्पना भण्डारी, भक्तपुरका मेयर एवम् नेपाल मजदुर किसान पार्टीका नेता सुनील प्रजापति, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा र उपप्रमुख कोपिला पण्डित पनि आजको मतदान सहभागी भइनन्। यस्तै धादिङको खनियाँबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ पनि मतदानका लागि हेटौँडा आएनन्।
बागमतीबाट राष्ट्रियसभाका लागि एमालेका रामबहादुर थापा बादल र स्वतन्त्र हैसियतमा डा। खिमलाल देवकोटा मुख्य प्रतिस्पर्धामा छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>