Breaking News

बाँकेमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

Banner

बाँके,जेठ ५-

बाँकेमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ। गएरातिबाट आज विहानसम्म बाँकेका विभिन्न अस्पतालमा थप १७ जनाको ज्यान गएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए।

मृत्यु हुनेमा बाँकेका ७३ वर्षीया महिला, दाङकी ३० वर्षीया महिला, रुकुम पश्चिममा ३६ वर्षीय पुरुष, बाँकेका ४१ वर्षीय पुरुष छन्। यस्तै बर्दियाका ८४ वर्षीय पुरुष बाँकेकै ४५ वर्षीय पुरुष, ५९ वर्षीया महिलाको ज्यान गएको छ। यस्तै कैलालीका २८ वर्षीय पुरुष, बाँकेका ६१ वर्षीय पुरुष र ५८ वर्षीय महिला छन्।

यसै गरी मृत्यु हुनेमा रुकुम पश्चिमकी २७ वर्षीया महिला बाँकेका ६७, ४२ वर्षीय पुरुष छन्। त्यस्तै बर्दियाका ६३ वर्षीया र ३८ वर्षीया महिला छन्। यस्तै दाङका ६५ वर्षीय पुरुष र कैलालीका ६८ वर्षीया महिलाको ज्यान गएको हो।

यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५३ पुगेको छ। यस्तै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका २ सय ९ जनाको ज्यान गएको फोकल पर्सन वलीले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>