स्वास्थ्य
कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकको मृत्यु
०

सिराहा,जेठ ५-
सिराहाको लहान घर भएका अर्थोपेडिक विशेषज्ञ डा. मुकेश चौधरीको सोमबार साँझ निधन भयो । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि वैशाख २५ गतेदेखि उनी होम आइसोलेसनमा बसेका थिए । तर सोमबार साँझ एक्कासी सास फेर्न गाह्रो भएपछि थप उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पुर्याइएको थियो । उनको त्यहीँ मृत्यु भयो ।
लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवका अनुसार डा. चौधरीको मृत्युपछि एन्टिजेन परीक्षण गरिएको थियो । रिपोर्ट भने नेगेटिभ आएको छ । यादवका अनुसार आफैं चिकित्सक भएका कारण उनले घरमै बसेर औषधि सेवन गरिरहेका थिए । तर उनले कोरोना परीक्षण गराएका थिएनन् । चीनमा एमबीबीएस पढेका डा. चौधरी लहान नगरपालिका–१५ ढोढनाका स्थायी बासिन्दा हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























