Breaking News

चितवन मेडिकलको हब भन्नेकुरा अहिले प्रमाणित हुँदै आएको छः डा न्यौपाने

Banner

डा. हरिश्चन्द्र न्यौपाने चितवनको मेडिकल क्षेत्रमा चिरपरिचित नाम हो । चितवन मेडिकल कलेजको अध्यक्ष तथा प्रवन्ध निर्देशक न्यौपानेसँग नारायणी अनलाइनले चितवनमा भइरहेको कोरोनाको उपचारबारे भिडियो कुराकानी गरेको छ । प्रस्तुत छ : कुराकानीको सम्पादित अंश अनुच्छेदमा ।

बिरामी हुँदा घरमा नबस्दिनुहोला । किनभने अर्काे एउटा कोरोनाको सानो मिसइन्फरमेसन जस्तो पनि गयो । कोभिड लाग्यो अस्पताल किन जाने भन्दा अहिले कस्तो भयो भने गम्भीर बिरामी हुँदा पनि घरमा बस्यो । अस्पताल आएर छातीमा पूरै सीटीस्क्यान गर्दा खेरी सबै चेस्ट सेतै हुने, भनौं न एकदमै खराब भइसकेको स्थिति छ । अक्सिजन हे¥यो धेरैजसोको ७०–६० छ । त्यस्तो अवस्थामा पनि मानिसहरु घर बसिरहेका छन् । त्यसकारण घर बस्ने भन्दैमा एकदमै गाह्रो हुँदा पनि घर नबस्नोस् अस्पतालमा हामीसँग प्रशस्त जनशक्ति छ । प्रशस्त प्रविधि छ । हामी तपाइँहरुलाई सुविधा दिनलाई अहिलेसम्म सक्षम छौं ।

कोरोनाको उपचारमा पहिले भन्दा अहिले निकै सिरियस बिरामीहरु आएका छन् । मोडरेड र सिरियस बिरामी मात्रै आएका छन् । हाम्रोमा चाही बिरामी आउने बित्तिकै अलग अलग ढोकाहरु छन् । प्रवेश गर्ने बाटो फरक छ । पहिले कोभिड ट्रायल गराउँछौं । सुरुमा अक्सिजन लगाउँछौं । ती बिरामीलाई आईसीयूमा पठाउँने कि एचडीयूमा पठाउने निर्णय गर्छौ । हामीसँगै फरक फरक आईसीयू छन् । भेन्टिलेटर चाहिनेमा पठाउने कि कता पठाउने त्यो निर्णय गरेर ट्रायल गरेर हामी तत्कालै भर्ना गर्छौं । हामीसँग क्रिटिकल केयर टिम छ । हामीसँग अहिले फिजिसियनहरु आठ जना छन् । त्यस्तै एनेथेसियालाई पनि हामीले त्यही टिममा राखेका छौं । त्यो सबै गर्दा हामीसँग २० जना जति क्रिटिकल केयर फिजिसियनहरु हुनुहुन्छ ।

सातवटा आईसीयूमा लगेर उपचार गरिरहेका छौं । हाम्रो बेड संख्या जम्मा ७५० बेड हो । त्यसमध्ये पहिले पनि हामीसँग १५० आईसीयू बेडहरु पहिले चलिराखेको नै थियो भने अहिले थपेर १६२ वटा आईसीयू हामीले कोभिडको लागि छुट्याएका छौं । ननकोभिडको लागि अर्काे ३० ओटा बेडको आईसीयू बेग्लै छ । हामीसँग अक्सिजन पोर्टको मात्र कुरा गर्ने हो भने ३७५ वटा अक्सिजन पोर्टहरु छन् । अन्तिम स्थितिमा अक्सिजन दिन पर्ने बिरामी ३७५ जना भर्ना गर्न सक्छौं र १६२ जना क्रिटिकल केयरका बिरामीहरु भर्ना गर्न सक्छौं । हामीसँगै भेन्टिलेटर झण्डै झण्डै ९० वटा भेन्टिलेटर छन् । अहिले हामीले ४८ वटा भेन्टिलेटर कोभिडको लागि प्रयोग गरिहेका छौं ।

मेरो जानकारीमा यति धेरै भेन्टिलेटर र आईसीयू भएको अस्पताल अन्त छैन जस्तो लाग्छ मलाई । अहिलेसम्म मलाई लाग्छ १६ जना बिरामी बाहिरबाट आइसकेका छन् । काठमाडौँबाट, धनगढीबाट, गुल्मीबाट, वाग्लुङबाट र डोटीबाट गरेर त्यसमध्ये हामीले उपचार गरेकामा कतिको राम्रो छ भने कतिको नराम्रो छ । जति पनि हेलिकप्टर चढेर आउने बिरामी सिरियस नै बिरामी हुन्छन् । सिरियस बिरामी सबैलाई बचाउन सकिन्छ भन्ने छैन । धेरै जसोलाई हाम्रो उपचार राम्रोसँग भइरहेको छ ।

चितवन मेडिकलको हब हुनुपर्छ भन्ने हामीले पहिलेदेखिनै भन्दै आएका थियौं । त्यसको लागि पनि हेर्ने हो भने ठूला मेडिकल कलेज दुईवटा छन् यहाँ । जसमा ७५०–७५० बेड हामीले व्यवस्थापन गर्न सक्छौं । त्यस्तै भरतपुर अस्पताल त्यत्तिकै ठूलो क्षेत्रीयस्तरको अस्पताल छ । क्यान्सर अस्पतालले राष्ट्रिय मात्र नभएर अन्तराष्ट्रिय प्रतिष्ठा पाइसकेको छ । यी चारवटा अस्पताल सहित त्यत्तिकै निजी अस्पतालहरु पनि छन् । त्यसकारण मुख्य चाहिने भनेको प्रविधि हो । आईसीयू चाहियो, भेन्टिलेटर चाहियो, अक्सिजन पाइप चाहियो, अक्सिजन प्लान्ट चाहियो । त्यो सबै हामीसँग पर्याप्त छ । अर्काे भनेको डाक्टरहरु हो । क्रिटिकल केयरको डाक्टरहरु, प्राविधिकहरु हामीसँग पर्याप्त हुनुहुन्छ । अघिनै मैले भने हामीसँग २० जना डाक्टरहरु क्रिटिकल केयरका डाक्टरहरुले बिरामी हेरिरहेका छन् । त्यो लेभलको उपचार हामीले दिन सकेका छौं ।

अर्काे त्यस्तै पुरानो मेडिकल कलेजमा होला, क्यान्सर अस्पताल भनौं अन्य निजी अस्पतालमा पनि छन् । तपाइँले हेर्नु भयो भने यहाँ १४ वटा प्राइभेट अस्पतालहरु छन् । तिनीहरुले निकै राम्रो स्तरीय विशेषज्ञ सेवा दिएर बसिरहेका छन् । यिनै कारणले गर्दा चितवनमा अन्य क्षेत्रहरु भन्दा सक्षम भएका छौं एउटा अर्काेचाही बेडको समस्या भएन, अक्सिजनको समस्या भएन । किनभने हाम्रो यहीको स्थानीय अक्सिजन प्लान्ट जुन छ । हामीसँग आफ्नै प्लान्ट छ तर पर्याप्त छैन । क्यान्सरको आफ्नै प्लान्ट छ र भरतपुर अस्पतालको आफ्नै प्लान्ट छ । अर्काे एउटा बाहिरको प्लान्टले पनि हामीलाई ३५० वटादेखि ४००सम्म सिलिण्डर हामीलाई सहयोग गरिरहेको छ । त्यसैले यस्तो खालको सपोर्ट चितवनमा भएको हुनाले हामी अहिलेसम्म बिरामीलाई यसरी उपचार गर्न सक्षम भएका छौं ।

चितवनमा कस्तो छ भने अहिले तीनवटा अस्पताल मुख्यरुपमा चितवन मेडिकल कलेज, भरतपुर अस्पताल र पुरानो मेडिकल कलेज यी तीनवटा अस्पतालले कोभिडको उपचार गरिराखेका छौं । ल अहिले भर्खर क्यान्सर अस्पतालले पनि सुरु गरेको छ । अन्य प्राइभेट अस्पतालले चाहेको अवस्थामा सेवा सुविधा दिइरहेका छन् । अहिले कोभिड भएको बिरामी र कोभिड नभएको बिरामी दुवै हामीले अलग प्रवेश गर्ने व्यवस्था गरेर कोभिड र ननकोभिडलाई छुन नदिएर, मिक्स हुन नदिएर व्यवस्थित ढंगबाट उपचार गरिरहेका छौं । त्यसकारण म सम्पूर्ण बिरामीलाई गाहे भयो भने कहिले पनि असजिलो नमानिकन बिरामी हुँदा घरमा नबसिदिनु होला । अस्पताल आइदिनु होला । अर्काे कोभिडको कारणले गलत सूचना जस्तो पनि गएको छ मानिसहरुलाई म त्यो पनि भन्न चाहन्छु । सबैजना घरमा नबसी अस्पताल आइदिनु होला ।

अक्सिजन अभावको कुरा के हो भने अरु बेलामा पनि हामीसँग २०० सिलिण्डर प्रत्येक दिनको क्षमता थियो । हामीलाई त्यसले पुगेको थियो । अरुबेलामा पनि हामीले १५० आईसीयू चलाउँथ्यौं कोभिड र ननकोभिड गरेर । त्यतिबेला ४ लिटर, पाँच लिटर, ६ लिटर दिएर अक्सिजन पुग्थ्यो भने अहिले हाईफ्लोमा चलाउँछौं । जसले एकैपटकमा १५ लिटर अक्सिजन दिनुपर्छ प्रति मिनेट । अहिले तीन गुना, चार गुना, पाँच गुनासम्म हामीले अक्सिजनको उपभोग गर्नुपर्ने भयो । आजको दिनमा हामीले २५० जना बिरामी राख्दा २५० जना नै बिरामीलाई अक्सिजन चाहिएको छ । उनीहरुलाई हाइफ्लो चाहिएको छ । जसअनुसार अहिले दिनमा ६०० वटा सिलिण्डर अक्सिजन हामीलाई चाहिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>