Breaking News

चितवनमा कोरोनाका गम्भीर बिरामी बढे, अस्पतालका आईसीयू र भेन्टिलेटरमा ३०५ जनाको उपचार हुँदै

Banner

चितवन, जेठ ४-

चितवनमा कोरोना संक्रमण दर केही घटेको जस्तो भए पनि अस्पतालहरुमा कोरोनाका गम्भीर बिरामी भने बढेका छन् ।

स्वास्थ्य कार्यालय चितवनले जनाएअनुसार चितवनका अस्पतालहरुमा अहिले आईसीयू र भेन्टिलेटरमा गरेर ३०५ जनाको उपचार भइरहेको छ ।

जसमा आईसीयूमा २५३ जना र भेन्टिलेटरमा ५२ जना छन् । हिजो सोमबार आईसीयू र भेन्टिलेटरमा गरेर जम्मा २८५ जना बिरामीको मात्र उपचार भएको थियो । आज एकै दिन २० जना बिरामी थपिएका छन् । अस्पतालहरुमा भर्ना भएका कोरोना संक्रमित बिरामीको संख्या ५३७ पुगेको छ ।

स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार चितवनमा आज एकै दिन कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर अस्पतालमा २ जना, चितवन मेडिकल कलेजमा २ जना, पुरानो मेडिकल कलेजमा ३ जना र क्यान्सर अस्पतालमा २ जना रहेका छन् ।

त्यसैगरी भरतपुर अस्पतालको आईसीयूमा १५ जना र भेन्टिलेटरमा १ जना, चितवन मेडिकल कलेजको आईसीयूमा १४२ जना र भेन्टिलेटरमा ३६ जना, पुरानो मेडिकल कलेजको आईसीयूमा ७६ जना र भेन्टिलेटरमा १३ जना रहेका छन् । त्यस्तै क्यान्सर अस्पतालको आईसीयूमा ४ जना र भेन्टिलेटरमा २ जना रहेका छन् । भरतपुरको अन्य अस्पतालको आईसीयूमा १६ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

फोटो सौजन्य : पत्रकार पवित्रा ढकाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>