Breaking News
अरबको सामुद्रिक आँधीको असर चितवनमा, मेघ गर्जनसहित वर्षाको सम्भावना

चितवन, जेठ ३-
अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभाव चितवनमा पनि देखिएको छ ।
चितवनमा आज बिहानदेखि नै अकाशमा बादल लाग्नाले घाम लागेको छैन भने मौसम विभागले चितवनसहित देशभर आंशिक देखि सामान्य बदली रहने जनाएको छ ।
मौसम विभागले गरेको अनुमान अनुसार भोलि मंगलबार दिउँसो चितवसहित देशभर सामान्य बदली रहनेछ । देशका प्रदेश १, प्रदेश २, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन\चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन\चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ। त्यसैगरी मौसम अनुकूल नहुँदा बिहीबारदेखि नै सगरमाथा आरोहण प्रभावित भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन् । ‘मौसम प्रतिकुल हुँदा अहिले आरोहण भएको छैन’, आधार शिविरबाट आचार्यले भनिन्, ‘यतिबेला सयौँ आरोही आधार शिविरमा अनुकूल मौसमको पखाइमा हुनुहुन्छ ।

























