अन्तर्राष्ट्रिय
मेक्सिको एन्ड्रियाले जितिन् मिस युनिभर्सको ताज

काठमाडौं, जेठ ३ –
यस वर्षको मिस युनिभर्सको उपाधि मेक्सिकोकी एन्ड्रिया मेजाले जित्न सफल भएकी छिन्। अमेरिका, फ्लोरिडाको हार्ड रक होटल एन्ड क्यासिनोमा भएको मिस युनिभर्स प्रतियोगिताको ताज २६ वर्षीया मिस मेक्सिको एन्ड्रियाले पाएकी हुन्।
सन् २०२० को मिस युनिभर्स प्रतियोगिता कोरोना भाइरस महामारीका कारण पहिलो पटक रद्द भएको थियो । मिस युनिभर्स प्रतियोगिताको कार्यक्रम अमेरिकी कलाकार मारियो लोपेज र टेलिभिजन प्रस्तोता ओलिभिया कुल्पोले सञ्चालन गरेका थिए। पूर्व मिस युनिभर्सहरू चेस्ली क्रिस्ट, पौलिना भेगा र डेमी लिइग टेबोहरू प्रतियोगिताका विश्लेषक तथा टिप्पणीकर्ताहरू थिए। आठ जनाको प्यानलले एन्ड्रियालाई मिस युनिभर्स घोषणा गरेका हुन्।
विश्वभरका ७० जना बढी सहभागीलाई पराजित गर्दै एन्ड्रिया ६९ औं मिस युनिभर्स बनेकी हुन्। उनी पेसाले सफ्टवेयर इन्जिनियर समेत हुन्।
एन्ड्रिया मेक्सिकोबाट मिस युनिभर्स बन्ने तेस्रो महिला हुन्। प्रतियोगिताको टप(२१ सम्म पर्न सफल उनले सबभन्दा उत्कृष्ट राष्ट्रिय पोशाकको उपाधि जितेकी थिइन्। बिहीबार उक्त पोशाकसँगै उनले ुप्रे(फर म्यानमारु लेखेको पर्चा देखाएकी थिइन्।
त्यस्तै मिस युनिभर्समा मिस नेपाल अंशिका शर्माले पनि सहभागिता जनाएकी थिइन्। उनी भने टप २१ मा नपर्दै प्रतियोगिताबाट बाहिरिएकी हुन् ।

























