Breaking News
चितवनका अस्पतालमा डिस्चार्ज हुने बिरामी न्यून, उपचाररत ४८६ बिरामीमा ३५ डिस्चार्ज
०

चितवन, जेठ १-
चितवनका अस्पतालहरु कोरोनाका बिरामीहरुले भरिँदै गर्दा डिस्चार्ज हुने बिरामीको संख्या ज्यादै न्यून पाइएको छ ।
स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांकमा चितवनका अस्पतालहरुमा ४८६ जना बिरामी उपचाररत रहेका छन् जसमा विगत २४ घण्टामा ३५ जना मात्र डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १५ जना भरतपुर अस्पताल, १५ जना चितवन मेडिकल कलेज र ५ जना पुरानो मेडिकल कलेजका रहेका छन् । शनिबार यो संख्या ५८ रहेको थियो आज डिस्चार्ज हुनेको संख्या घटेको हो । शनिबार अस्पतालहरुमा जम्मा बिरामीको संख्या ४७२ थियो ।
स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार चितवनका अस्पतालहरुका आईसीयूमा २५८ जना, भेन्टिलेटरमा ५० जना र एचडीयूमा ९४ जना उपचाररत छन् । विगत २४ घण्टामा चितवनका अस्पतालहरुमा उपचाररत १३ बिरामीको कोरोना संक्रमणको कारणले निधन भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























