Breaking News

चितवनमा आज एकैदिन १६७ जना कोरोना संक्रमित, भरतपुरमा मात्र ११४ संक्रमित भेटिए

Banner

चितवन, जेठ १-

चितवनमा आज एकै दिन १६७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनले आज दिएको जानकारी अनुसार विगत २४ घण्टामा भरतपुरमा ११४ जना, खैरहनीमा ४, माडी नगरपालिकामा ८, रत्ननगरमा २१, राप्तीमा १४ र कालिका नगरपालिकामा ६ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो सँगै चितवनमा जम्मा संक्रमितको संख्या ११ हजार १५४ पुगेको छ । संक्रमितमध्ये घरमा आइसोलेसनमा तीन हजार ५२४ र अस्पतालको आइसोलेसनमा २१४ जना रहेका छन् । आजसम्म चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६३ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>