Breaking News
चितवन मेडिकल कलेजले भन्यो: सरकारले सहयोग नगरे अक्सिजन चाहिने कुनै बिरामी भर्ना गर्न सक्दैनौं

चितवन, जेठ १-
चितवन मेडिकल कलेजले सरकारले अक्सिजन आपूर्तिमा सहयोग नगरे अक्सिजन चाहिले कुनै पनि बिरामी भर्ना गर्न नसक्ने जनाएको छ ।
कलेजका प्रवन्ध निर्देशक डा हरिशचन्द्र न्यौपानेले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कलेजको अक्सिजन प्लान्टबाट ५०० लिटर प्रतिमिनेटको अक्सिजन उत्पादन भइरहेको र ४०० वटा सिलिण्डर बाहिरबाट ल्याइएकोमा बिरामीको चापले गर्दा सरकारले सहयोग नगरे अक्सिजन चाहिने कुनै बिरामी भर्ना गर्न नसक्ने बताएका छन् । उनले स्टाटसमा चितवनका अन्य अस्पतालाई सरकारले अक्सिजन सिलिण्डर वितरण गरिरहेको अवस्थामा मेडिकल कलेजलाई पनि उपलब्ध गराउने विश्वास लिएको बताएका छन् ।
उनले भनेका छन्,‘ हाल चितवनका बिभिन्न अस्पताललाई अक्सिजनको संकट नआओस् भन्ने हेतुले सरकारी निकायद्वारा सिलिण्डरको वितरण भइरहेको र केही मात्रामा सिलिण्डर साथै अक्सिजन अपुग हुन जाने मौखिक जानकारी पाइएको छ । जति धेरै सिकिस्त बिरामीहरु भयो त्यति नै धेरै अक्सिजन उपभोग हुने कुरालाई मनन गरेर सिलिन्डर बितरण गर्नु हुनेछ भन्ने कुरामा पनि हामीले बिश्वास लिएका छौं। यदि अक्सिजन सप्लाई कम हुने हो भने अब उप्रान्त हामी अक्सिजन चाहिने कुनै पनि बिरामी भर्ना गर्न असमर्थ रहेको कुरा सर्वसाधारणलाइ साह्ै दुःखका साथ जानकारी गराउन चाहन्छौं ।’
























