खैरहनी

खैरहनीमा बजार अनुगमन, मापदण्ड पुरा गर्न निर्देशन

Banner

चितवन, वैशाख ३१–

कोरोना संक्रमणपछि जारी निषेधाज्ञामा संचालन गर्न दिईएका पसलहको आज (शुक्रबार) खैरहनीमा अनुगमन गरिएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिकाको नेतृत्वमा दलका प्रतिनिधी, व्यवसायिक संघसंगठनका प्रतिनिधी, प्रहरी र जनप्रतिनिधीको संयुक्त टोली नगरको विभिन्न स्थानमा अनुगमन गरेको हो ।

निषेधाज्ञाको पालना भए,नभएको, स्वास्थ्य मापदण्ड पुरा गरे नगरेको बारे अनुगमन गरिएको नगरपालिका सामाजिक विकास समिति संयोजक मनेजर महतोले बताए । अनुगमनका क्रममा केही पसलहरुले स्वास्थ्य मापदण्ड पुरा नगरि संचालन गरेको पाईएको थियो । पहिलो चरणमा त्यस्ता पसलहरुलाई मापदण्ड पुरा गरेर संचालन गर्न सुझाव दिईएको भन्दै दोश्रो चरणको अनुगमनमा पनि अटेर गरेको पाईएमा कारवाही गर्ने चेतावनी दिईएको संयोजक महतोले बताए ।

तरकारी र खाद्यान्न पसल संचालनलाई निश्चित समय तोकेर संचालन गर्न दिईएको छ । तर तस् पसलहरुमा भीडभाड हुने गरेको छ । सयुक्त अनुगमन टोलीले खैरहनी–६ को पुरोनो पर्सा, ८ को चौविसकोठी र मगनीचोकका पसलहरुमा अनुगमन गरेको थियो । अनुगमनमा सहभागी नेपाली कांग्रेस नगर सभापति शशी कुमार खनियाँले कोरोनाको महामारीबाट जोगिन सजगता अपनाउन व्यवसायी तथा उपभोक्ताहरुलाई आग्रह गरे । निषेधाज्ञाको पूर्ण पालना गराउन प्रहरीको सक्रियता अझ बढाउनु पर्ने उनले बताए ।

इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक सुवास भट्टले पटक–पटक चेतावनी दिएपनि केही पसलहरुले अटेरी गरेको भन्दै कारवाही गरिने चेतावनी दिए । सामाजिक विकास समिति संयोजक मनेजर महतोको नेतृत्वमा खटिएको अनुगमन टोलीमा विपद व्यवस्थापन समिति संयोजक भूमि प्रसाद कडेंल, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपाने, नेपाली कांग्रेस नगर सभापति शशी खनियाँ, नेकपा माओवादी केन्द्रका कुलप्रसाद भुषाल, उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष दिपेन श्रेष्ठ, उद्योग संघ खैरहनी इकाई अध्यक्ष प्रतिभा श्रेष्ठ, खैरहनी चेम्वर अफ कमर्सका अध्यक्ष प्रकाश श्रेष्ठ, इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक सुवास भट्ट लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>