देश/प्रदेश

जनतालाई कोरोनामुक्त गर्न ध्यान दिऔँः उपप्रधानमन्त्री

Banner

काठमाडौँ, वैशाख ३१–

उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनतालाई कोरोनामुक्त गर्न सरकारले ध्यान केन्द्रित गर्ने बताउनुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार ग्रहण गर्दै उहाँले सरकारको सम्पूर्ण ध्यान अब कोरोना संक्रमितको उपचार, रोकथाम र नियन्त्रणमा केन्द्रित हुने बताउनुभएको हो ।

‘‘अब हामी कोरोना संक्रमितको उपचार, उपकरण तथा अस्पतालको व्यवस्थापन र चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रोत्साहनमा केन्द्रित हुन्छौं’’, कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र ९सिसिएमसी०का संयोजक पोखरेलले भन्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आज पदभार ग्रहणपछि सम्बोधन गर्ने क्रममा कोरोना संकटबाट जनतालाई मुक्त गर्न सरकार केन्द्रित हुने कुरामा जोड दिनुभएको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले यो अभियानमा साथ दिन सम्पूर्ण नेपालीलाई आह्वान पनि गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>