चितवन विशेष

नेपाली युवा उद्यमी मञ्च चितवनको अध्यक्षमा गौतम

Banner

चितवन, जेठ १–

नेपाली युवा उद्यमी मञ्च, चितवन शाखाको अध्यक्षमा राजेश गौतम चयन भएका छन् । शुक्रबार भर्चुअल माध्यमबाट भएको वार्षिक साधारणसभा तथा अधिवेशनले गौतमको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

मञ्चको प्रथम उपाध्यक्षमा सूर्यभक्त अधिकारी र द्धितिय उपाध्यक्षमा विकल दाहाल चयन भएको छन् । यस्तै सदस्यहरुमा गोपाल गौतम, उमेश श्रेष्ठ, सन्तोष कँडेल, निशान पौडेल, सुमन कोइराला, सुमन पौडेल र मदन सापकोटा चयन भएका छन् ।

अधिवेशनको प्रमुख अतिथि नेपाली युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष प्रकाश देव पालिखे र विशिष्ट अतिथि पूर्व अध्यक्ष निकोलस पाण्डे रहेका थिए । कार्यक्रम मञ्चका अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>