चितवन विशेष

भरतपुर अस्पताललाई चितवन समाज अष्ट्रेलियाले दियो अक्सिजन

०
Banner

चितवन, वैशाख ३१–

चितवनमा मूल घर भई हाल अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको संस्था चितवन समाज अष्ट्रेलियाले भरतपुर अस्पताललाई अक्सिजन ग्यास सहयोग गरेको छ । समाजले अष्ट्रेलियाबाट अक्सिजन ग्यास उद्योगलाई रकम पठाएर धरौटी राखि ठूलो १० थान अक्सिजन सिलिण्डर भरतपुर अस्पताललाई उपलव्ध गराएको हो ।

ओम सञ्जीवनी अक्सिजन सप्लायर्सका सञ्चालक निरञ्जन न्यौपानेले आज (शुक्रबार) ती सिलिण्डर भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी र निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जगन्नाथ तिवारीलार्य हस्तान्तरण गर्नु भयो । सो अवसरमा अध्यक्ष डा.अधिकारीले समाजका अध्यक्ष पूर्ण घिमिरेले अस्पताललाई थप सहयोग गर्ने आश्वासन समेत दिएको जानकारी गराउनु भयो ।

प्रवासमा रहेर पनि जिल्ला प्रतिको मायाको उहाँले प्रशंसा गर्नुभयो । कार्यक्रममा डा.तिवारीले भन्नुभयो “हामीलाई यहाँ अक्सिजनको हाँहाकार छ । तत्काल यसलाई जोडेर बिरामीलाई अक्सिजन दिनु पर्ने बाध्यता रहेको छ ।” अक्सिजन सिलिण्डर हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, सल्लाहाकार तिलकराम रिमाल लगाएतको उपस्थिति रहेको थियो ।

समाजले संस्थाका संरक्षक केशब प्रसाद सापकोटाको संयोजकत्वमा स्वंयम अध्यक्ष घिमिरे, विकास बर्ताैला, सिता सुवेदी र श्यामसुन्दर गिरी सदस्य रहेको आर्थिक संकलन समिति बनाएर सहयोग जुटाएको हो । अध्यक्ष घिमिरेले संकलित रकम चितवन जिल्लामा मानविय कल्याणको काममा सहयोग गर्ने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>