चितवन विशेष

अमेरिकाले नेपालमा अक्सिजन प्लान्ट बनाउन २७ लाख डलर बढीको सहयोग गर्ने

Banner

चितवन, वैशाख ३०-

अमेरिकी सरकारले नेपालमा बढ्दो कोरोना संक्रमणसँगै अक्सिजनको अभाव हुन थालेपछि २७ लाख डलर बढीको अक्सिजन उत्पादन र भण्डारण सामग्री सहयोग गर्ने भएको छ ।

नेपालका लागि अमेरिकन राजदूतावासले आज सामाजिक सञ्जालमार्फत् एक सन्देश जारी गर्दै नेपाली जनताहरूको लागि अत्यन्तै कठिन यो समयमा अमेरिका तत्काल आवश्यक सााग्रीहरू छिटो उपलब्धता गराउन निरन्तर प्रयत्नरत रहेको जनाएको हो ।

सन्देशमा अमेरिकी इन्डो प्यासिफिक कमाण्डले नेपालमा अत्यन्तै जरूरी अक्सिजन प्लान्ट, सिलिन्डर, तथा भन्डार ट्यांकहरू उपलब्ध गराउन थप २७ लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग घोषणा गरेको दूतावासले जनाएको छ ।

२०२० को अप्रील यता अमेरिकी इन्डो–प्यासिफिक कमाण्डले अन्तरर्राष्ट्रिय मानवीय विपत्ती सहायता तथा नेपालको लागि नागरिक सहयोग अन्तरगत कोभीड–१९ को उपचार तथा व्यवस्थापनको लागि आवश्यक पिपिइ, आइसोलेशन सेन्टरका सामाग्री, अक्सीजन सम्बन्धी विभिन्न उपकरण, टेलिमेडिसिन का सामान, हात धुने केन्द्रहरू तथा अन्य अत्यावश्यक सामान लगायत झन्डै ५८ लाख डलर बराबरको सहयोग उपलब्ध गराइसकेको जनाएको छ । यो सँगै नेपालमा युएसएआईडी समेत अमेरिकी सरकारका विभिन्न एजेन्सीहरूले नेपालमा गरेको कोभीड–१९ सम्बन्धी सहयोग झन्डै ५१ मिलियन डलर बराबरको भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>