Breaking News

खाडी मुलुकमा रहेका नेपालीले छ सय अक्सिजन सिलिन्डर नेपाल पठाउँदै

Banner

काठमाडौँ, वैशाख ३०-

खाडी मुलुकमा रहेका नेपालीको समन्वयमा छ सय अक्सिजन सिलिन्डर खरिद गरेर नेपाल पठाउने तयार गरिएको छ । नेपालमा नयाँ भेरिएन्टसहितको कोरोनाका कारण सङ्क्रमण हुने दर निकै बढेपछि खाडीमा रहेका नेपालीको समन्वयमा त्यो सङ्ख्याका अक्सिजन सिलिन्डर खरिद गरेर नेपाल पठाउन थालिएको हो ।

ओमानस्थित नेपाली दूतावासले खरिद गरिएका अक्सिजन सिलिन्डर नेपाल पठाउनका लागि परराष्ट्र मन्त्रालयमार्फत सहजीकरण गरिररहेको जनाएको छ ।

साथै खरिद गरिएका सिलिन्डर नेपाल पठाउने विषयमा दूतावासले नेपाल एयरलाइन्ससँग कुराकानी भइरहेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले जानकारी दिनुभयो । राजदूत ढकालका अनुसार अक्सिजन सिलिन्डर खरिद गरिसकेकाले जतिसक्दो छिटो नेपाल पठाउन दूतावासले परराष्ट्र मन्त्रालयमार्फत नेपाल एयरलाइन्समार्फत पेपर वर्क गरिरहेको छ ।

खाडी मुलुकमा कार्यरत नेपालीको संस्था गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले स्वतःस्फूर्त आर्थिक सहयोग गरेर सिलिन्डर खरिद गरिसकेको र आइतबारसम्म नेपाल पठाउने तयारी गरिरहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>