Breaking News
देशभर आज एकै दिन ९ हजार ३०५ जना कोरोना संक्रमित, १६८ जनाको मृत्यु

काठमाडौं, वैशाख २९-
देशभर आज एकै दिन नौं हजार ३०५ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३२ सय ५०, भक्तपुरमा २२६ जना र ललितपुरमा ४४८ जना गरी ३ हजार ९२४ जनामा संक्रमण देखिएको हो। यस्तै पछिल्लो २४ घन्टामा मुलुकभर उपत्यकाका सहित ९ हजार ३०५ जनामा कोरोना संक्रमण देखिएको छ।
विभिन्न अस्पतालमा पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गराएकाहरुमध्ये ९ हजार ३०५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन्।
यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १६८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार चार हजार ४४४ जना कोरोनामुक्त भएका छन् । हालसम्म एक लाख एक हजार ६३४ सक्रिय संक्रमित रहेका छन् । ५१७ जना क्वारेन्टाइनमा रहेका छन्।
























