Breaking News
चितवनमा आज एकै दिन ११ कोरोना संक्रमितको मृत्यु, २४८ आईसीयू र ४४ को भेन्टिलेटरमा उपचार हुँदै
०
चितवन, वैशाख २९-
चितवनमा आज एकै दिन विभिन्न अस्पतालहरुमा ११ कोरोना संक्रमितहरुको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको विगत २४ घण्टाको तथ्यांक अनुसार भरतपुर अस्पतालमा ४, चितवन मेडिकल कलेजमा ४ र कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा ३ जनाको मृत्यु भएको हो । विगत २४ घण्टामा विभिन्न अस्पतालहरुमा ४२ जना डिस्चार्ज भएका छन् भने आईसीयूमा २४८ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसैगरी भेन्टिलेटरमा ४४ जनाको उपचार भइरहेको छ । विभिन्न अस्पतालहरुमा उपचारको लागि ४५५ जना कोरोना संक्रमित बिरामी भर्ना भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























