राजनीति

नेता खनाल काेराेना सङ्क्रमणमुक्त भएर आज घर फर्किदै

Banner

काठमाडौँ,वैशाख २८ –
नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल आज निको भई घर फिर्ता हुनुभएको छ । कोभिड–१९ सङ्क्रमित भएपछि यही वैशाख १८ गते नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना हुनुभएका नेता खनाल स्वस्थ भई डिस्चार्ज हुनुभएको हो ।
उहाँ यही वैशाख २६ गते कोभिड–१९ सङ्क्रमणमुक्त हुनुभएको थियो । अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले पूर्वप्रधानमन्त्री खनाल स्वस्थ भएपछि चिकित्सकको सल्लाहानुसार डिस्चार्ज हुनुभएको जानकारी दिनुभयो ।
सङ्क्रमण भएपछि उहाँलाई शुरुमा अक्सिजन दिइएको र त्यसपछि प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो । नेता खनालका उपचारमा अस्पतालका चिकित्सक डा जेपी जैसवाल र डा बी श्रीवास्तव नेतृत्वको स्वास्थ्यकर्मीको समूह संलग्न थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>