Breaking News

चितवनका अस्पतालहरुमा एकै दिन १० कोरोना संक्रमितको मृत्यु, ४३० बिरामीको उपचार हुँदै

Banner

चितवन, वैशाख २८-

चितवनका अस्पतालहरुमा विगत २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा ३ जना, चितवन मेडिकल कलेजमा ५ जना, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा १ जना र अन्य अस्पतालमा १ जनाको मृत्यु भएको हो ।

त्यसैगरी स्वास्थ्य कार्यालयका अनुसार चितवनका अस्पतालका आईसीयूमा २४० जना, भेन्टिलेटरमा ४९ जना, एचडीयूमा ६३ जना कोरोनाका बिरामीहरुको उपचार भइरहेको छ । योसँगै चितवनका सबै अस्पतालहरुमा ४३० जना कोरोना संक्रमितहरुको उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>