Breaking News

चितवनमा कोरोना संक्रमतिको संख्या १० हजार नाघ्यो, आज एकै दिन २७४ संक्रमित थपिए

Banner

चितवन, वैशाख २८-

चितवनमा विगत २४ घण्टामा २७४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर महानगरपालिकामा २२०, खैरहनी नगरपालिकामा १२ जना, माडी नगरपालिकामा ५, रत्ननगर नगरपालिकामा १८, राप्ती नगरपालिकामा ७, कालिका नगरपालिकामा १० र इच्छा कामना गाउँपालिकामा २ जनामा संक्रमण देखिएको छ । आजको तथ्यांक अनुसार चितवनमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । आजसम्म जम्मा संक्रमितको संख्या १० हजार १९९ जना पुगेको छ ।

संक्रमित मध्ये २०० जना अस्पतालको आइसोलेसनमा छन् भने घरमा नै आइसोलेसनमा दुई हजार ७०९ जना रहेका छन् । अहिलेसम्म जम्मा १४५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>