Breaking News
चितवन मेडिकल कलेजको आईसीयू कोरोनाका गम्भीर बिरामीले भरियो, आज एकैदिन चार जनाको मृत्यु
०

चितवन, वैशाख २८-
चितवन मेडिकल कलेजको आईसीयू कोरोनाका गम्भीर बिरामीले भरिएका छन् ।
चितवन मेडिकल कलेजले आज उपलब्ध गराएको तथ्यांक अनुसार कोरोनाको लागि भनेर छुट्याइएको १६२ वटा बेडसहित आईसीयूमा आज १५८ जना बिरामी पुगेका छन् । जसमा १०९ जना पुरुष र ४९ जना महिला रहेका छन् ।
मेडिकल कलेजले जनाएअनुसार विगत २४ घण्टामा अस्पतालमा कोरोना संक्रमित एक पुरुष र तीन महिलाको निधन भएको छ । अस्पतालको स्वास्थ्यकर्मी थप एक जना आज संक्रमित भएका छन् । क्रिटिकल केयर आइसोलेसनमा १७ जना रहेका छन् भने आज निको भएर २३ जना डिस्चार्ज भएको अस्पतालले जनाएको छ । अस्पतालको भेन्टिलेटरमा कोरोना संक्रमित बिरामीको संख्या ३६ जना पुगेका छन् । अहिले अस्पतालमा १७७ जना कोरोनाका बिरामी विभिन्न वार्डमा उपचार गराइरहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























