राजनीति

आफ्नै पार्टीका प्रधानमन्त्रीलाई ‘मत नदिनु देश जनता र पार्टीप्रतिको निष्ठा’ः नेता नेपाल

Banner

काठमाडौं,बैशाख २८ –

एमाले नेता माधवकुमार नेपालले आफ्नै पार्टीका प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिनु देश, जनता र पार्टीप्रतिको निष्ठा भएको दाबी गरेका छन्। उनले संसद्मा ओली विश्वासको मत लिन असफल भएपछि विज्ञप्ति जारी गर्दै ओलीलाई एकताका लागि अपिल पनि गरेका छन्।

सोमबार साँझ जारी गरेको विज्ञप्तिमा उनले प्रधानमन्त्री ओलीका गलत क्रियाकलापको विरोध र प्रतिवाद गर्दै देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्न आ–आफ्नो स्थानबाट योगदान गर्नु सबै देशभक्त, लोकतन्त्रप्रेमी राजनीतिकर्मी तथा जनसमुदायको कर्तव्य हुने भएकोले सोहीअनुरुप हामीले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने र प्रतिनिधि सभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेको उल्लेख गरेका छन्।

यो निर्णय हाम्रो देश, जनता र पार्टीप्रतिको निष्ठाको द्योतक भएको नेपालले लेखेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>