Breaking News

७६ (२) बमोजिम बहुमतको सरकार गठन गर्न राष्ट्रपतिको आहृवान

Banner

काठमाडौँ, वैशाख २७–

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेकी छन् ।

विश्वासको मत अस्वीकृति हुँदै प्रधानमन्त्री ओली पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आहृवान गरेकी हुन् । उनले वैशाख ३० गते राती ९ बजेभित्र प्रधानमन्त्रीको दाबेदारी पेश गर्न आह्वान गरेकी हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>