Breaking News
संसदको विशेष अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सरकारको सिफारिस
०

काठमाडौँ, वैशाख २७–
सरकारले आज बसेको प्रतिनिधिसभाको विशेष अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।
विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भनेपछि आजका लागि बैठक आह्वान गरिएको थियो । मतदानमा ओलीले विश्वासको मत नपाएपछि तत्काल अधिवेशन नै अन्त्य गर्ने निर्णयमा पुगेका हुन् । आजको बैठकपछि सभामुख अग्नि सापकोटाले वैशाख ३० गतेसम्मका लागि बैठक स्थगित गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























