देश/प्रदेश
प्रतिनिधिसभामा विश्वासको मतमा मतदान सुरु
०

काठमाडौँ, वैशाख २७–
प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा अहिले मतदान सुरु भएको छ ।
अहिले प्रतिनिधि सभा सदस्यहरूले मतदान गरिरहेका छन्। यसअघि प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन प्रस्ताव प्रस्तुत गरेका थिए । काँग्रेस र माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले विपक्षमा मतदान गर्दैछन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने आफू प्रस्तावमा तटस्थ बस्ने बताएका छन्।
नेकपा एमालेकै बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरू भने आजको बैठकमा अनुपस्थित छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























