Breaking News
चितवन मेडिकल कलेजमा एकैदिन पाँच कोरोना संक्रमितको मृत्यु,भेन्टिलेटरमा ३५ जनाको उपचार हुँदै
०

चितवन, वैशाख २७-
चितवन मेडिकल कलेजमा विगत २४ घण्टामा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मेडिकल कलेजले आज प्रकाशित गरेको तथ्यांक अनुसार अस्पतालको आईसीयूमा १६० जनाको उपचार भइरहेको छ भने भेन्टिलेटरमा ३५ जना रहेका छन् । त्यस्तै गत २४ घण्टामा कोरोनाका १५ जना बिरामी डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।
अस्पतालमा कोरोनाको उपचारको क्रममा थप २ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । आजसम्म अस्पतालमा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या ३४६ पुगेको छ भने आजसम्म ८६ जनाको मृत्यु भएको छ । अस्पतालका अहिले कोरोनाका १७४ जना बिरामी रहेको अस्पतालले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























