राजनीति
ओली सरकार परिवर्तन हुँदैन, कांग्रेस महाधिवेशन केन्द्रित हुनुपर्छः शेखर कोइराला
०

काठमाडौं,बैशाख २७-
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ओली सरकारको विकल्पमा वैकल्पिक सरकारको सम्भावना अब समाप्त भएकाले कांग्रेस महाधिवेशनमै केन्द्रित हुनुपर्ने बताएका छन् । एमालेका माधव नेपाल समूहका नेताले राजीनामा नदिएपछि कांग्रेसले सत्ताको चाहना राख्न आवश्यक नभएको नेता कोइरालाले बताए ।
मुलुक अब निर्वाचनकै बाटोमा केन्द्रित भएको उनको भनाइ छ । नेपाल समूहले राजीनामा दिएको भए कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना थियो । उहाँहरूले राजीनामा नदिएपछि ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओली नै फेरि प्रधानमन्त्रीमा चयन हुने सम्भावना देखियो, कोइरालाले भने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























