Breaking News

संसदको विशेष अधिवेशनको बैठक आज बस्दै, विश्वासको मतका लागि मतदान हुँदै

Banner

काठमाडौँ, वैशाख २७–

संसदको विशेष अधिवेशनको बैठक आज (सोमबार) बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको बैठक दिउँसो १ बजे बस्न लागेको हो ।

बैठकको सुरुवाती चरणमा शीर्ष नेताहरुले मात्र सम्बोधन गरेर विश्वासको मतमा आजै मतदान गर्ने तयारी छ । कोरोनाबाट संक्रमित सदस्यहरुले पनि मतदान गर्न पाउने गरी विशेष व्यवस्था गरिएको संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिने निर्णय गरेपछि नेपाली राजनीति तातेको छ । आफ्नै पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल विपक्षीसंग गठबन्धन गरेपछि प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न कठिन बनेको छ । नेकपा एमालेका १२१ सांसद छन् । विश्वासको मत पाउन १३६ मत चाहिन्छ ।

६१ सांसद भएको प्रमुख विपक्षी नेपाली कांग्रेसले विपक्षमा मत दिने निर्णय गरेको छ । ४९ सांसद भएको माओवादी केन्द्रले पनि हालै मात्र समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीलाई मत दिने छैन । यस्तै जसपाले स्वविवेक प्रयोग गर्न पाउने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>