देश/प्रदेश
नेता खनाल कोरोना सङ्क्रमणमुक्त
०

काठमाडौँ, वैशाख २७–
नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोभिड–१९ सङ्क्रमणमुक्त हुनुभएको छ । नर्भिक इन्टरनेशल अस्पतालमा सङ्क्रमित भई उपचाररत उहाँ आइतबार साँझ सङ्क्रमणमुक्त हुनुभएको हो ।
उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले हिजो पिसिआर परीक्षण गर्दा उहाँमा सङ्क्रमण नदेखिएको बताउनुभयो । उहाँका अनुसार सङ्क्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै रहनु हुनेछ ।
सङ्क्रमति भएपछि यही वैशाख १८ गते अस्पतालमा भर्ना हुनुभएका पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सुधारोन्मुख रहेको स्वकीय सचिव भट्टराईले जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























