Breaking News
विश्वासको मतः जसपाले सांसदहरुलाई ह्वीप नलगाउने, सांसदले स्वविवेक प्रयोग गर्न पाउने
०

काठमाडौँ, वैशाख २६–
भोलि (सोमबार) प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएपछि नेपाली राजनीति गर्मिएको छ । दलहरु आइतबार विहानैदेखि दौडधुपमा छन् । यसैक्रममा सबैको नजरमा परेको जनता समाजवादी पार्टी (जसपा)ले अन्नतः फरक खालको निर्णय गरेको छ ।
जसपाले प्रधानमन्त्री ओली विश्वासको मत लिन संसदमा आउँदा आफ्ना सांसदहरुले स्वविवेक प्रयोग गर्न पाउने निर्णय गरेका छ। पार्टी पदाधिकारीहरुको आइतबार बसेको बैठकले सांसदहरुलाई ह्वीप नलगाउने निर्णय गर्दै स्वविवेक प्रयोग गर्न पाउने बाटोे देखाएको हो ।
यसअघि जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले विपक्षमा मत हाल्नुपर्ने अडानमा थिए भने महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री ओलीलाई साथ दिने पक्षमा थिए । तर दुवै पक्षले मध्यमार्गी बाटो अपनाउँदै जसपाले यस्तो निर्णय गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























