Breaking News

माधव नेपाल पक्षका सांसदहरुको बैठक सिंहदरबारमा सुरु

Banner

काठमाडौँ, वैशाख २६–

राजीनामाको अन्तिम तयारीमा रहेका नेकपा (एमाले) माधव नेपाल–झलनाथ खनाल पक्षका सांसदहरुको बैठक सिंहदरबारमा सुरु भएको छ ।
ओली समूहका नेताहरु सुवास नेम्वाङ र अर्थमन्त्री समेत रहेका विष्णु पौडेलसँगको छलफल सकिएपछि नेता नेपालले आफूपक्षीय सांसदहरूको बैठक संघीय संसद्को सार्वजनिक लेखा समितिको बैठक कक्षमा राखेका हुन् । बैठकमा नेपाल समूहका प्रत्यक्ष र समानुपातिक सांसदहरू छलफलमा सहभागी छन् ।

आइतबार दिउँसैदेखि नेपाल पक्षका सांसदहरु राजीनामाको तयारीसहित संसद् सचिवालयमा जम्मा हुना थालेपछि ओली समूहले नेता नेम्वाङ र पौडेलले वरिष्ठ नेत नेपालसँग छलफलका पठाएका थिए । तर उक्त छलफलमा कुरा सकारात्मक नभएको नेता नेम्वाङले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>