Breaking News
चितवनको अस्पतालहरु कोरोनाका गम्भीर बिरामीले भरिँदै, आईसीयूमा आज एकै दिन २५ बिरामी थपिए

चितवन, वैशाख १६-
चितवनमा दिनप्रतिदिन कोरोनाको संक्रमण बढेसँगै भरतपुरका अस्पतालको आईसीयूमा २५ बिरामी थपिएका छन् ।
सुरुमा भरतपुर महानगरपालिका क्षेत्रमा मात्र बढी देखिएको कोरोना अहिले चितवनका सबै स्थानीय तहमा फैलिएको छ । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा आज ३४ जना नयाँ बिरामी भर्ना भएका छन् ।
स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार हिजो शनिबार तीन ठूला अस्पतालको आईसीयूमा १४७ जना बिरामी रहेकोमा आज यो संख्या बढेर १७२ पुगेको छ । त्यसैगरी अस्पतालहरुमा शनिबारसम्म भर्ना भएका बिरामीको संख्या ३५६ रहेकोमा आजमात्र त्यो संख्या बढेर ३९० पुगेको छ । चितवन मेडिकल कलेजमा १०२ जना, भरतपुर अस्पतालमा १० जना, अन्य अस्पतालमा ७ जना र पुरानो मेडिकल कलेजमा २८ जनाको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार हरेक दिन गम्भीर बिरामीको संख्या निरन्तर बढ्दै गइरहेको छ ।
फाइल फोटो
























