Breaking News

भरतपुर अस्पतालमा चितवन र बर्दघाटका कोरोना संक्रमितको मृत्यु

Banner

चितवन, वैशाख २५–

चितवनको भरतपुर अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ ।

आज (शनिबार) दिउँसो ३ः२० बजेको समयमा भरतपुर अस्पतालमा उपचाररत चितवनको भरतपुर महानगरपालिका–७, इन्द्रपुरी बस्ने ६७ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । वैशाख २३ गते कोरोना पुष्टि भएका ती महिलाको सोही दिन अस्पताल भर्ना गरिएको थियो । उनलाई कोभिड आइसीयूमा राखेर उपचार थालिएको थियो ।

त्यस्तै शनिबार नै नवलपरासी बर्दघाट–२ का ६४ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । कोभिड आइसीयूमा उपचाररत ती पुरुषको विहान ११ः५६ मा मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएका ती व्यक्ति हिजो मात्रै अस्पतालमा भर्ना भएका थिए ।

यसअघि आजै विहान नवलपुर गैंडाकोट–११ का ९४ वर्षका पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>