Breaking News
चितवनमा गम्भिर प्रकृतिका कोरोना संक्रमित झनै बढ्दो, १४७ जना आइसीयूमा

चितवन, वैशाख २५–
चितवनमा पछिल्लो दिन गम्भिर प्रकृतिका कोरोना संक्रमितको संख्याको ग्राफ झनै उकालो लागेको छ ।
शनिबार जिल्ला स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्यांक अनुसार आज दिउँसोसम्ममा १४७ जना गम्भिर प्रकृतिका संक्रमित अस्पतालमा उपचाररत छन् ।
शुक्रबारसम्ममा ६३ जना मात्रै गम्भिर प्रकृति संक्रमित अस्पतालमा उपचारर थिए । एकदिनमै झण्डै तेब्बरले संख्या वृद्धि भएको छ । चितवन मेडिकल कलेजमा १०२ जना सघन उपचार कक्ष (आइसीयू), पुरानो मेडिकल कलेजमा २८ जना आइसीयू र भरतपुर अस्पतालमा १० जना आइसीयूमा उपचारर छन् । भरतपुर अस्पतालको आइसीयू पुरै भरिएको छ भने अन्यको केही खाली छ ।
२९ जनाको भन्टिलेटरका सहायतामा उपचार
आइसीयू कक्षमा उपचाररत गम्भिर प्रकृति कोरोना संक्रमित मध्ये २९ जनालाई भेन्टिलेटरमा सहायतामा उपचार भइरहेको छ । चितवन मेडिकल कलेजमा २२ जना र पुरानो मेडिकल कलेजमा ७ जना संक्रमितलाई भेन्टिलेटरको आवश्यकता परेको छ । शुक्रबार ११ जना संक्रमितलाई मात्रै भेन्टिलेटरको आवश्यकता परेको थियो । यो संख्या दैनिकजसो बढ्दो क्रममा छ ।
























