Breaking News
भरतपुर अस्पतालमा रत्ननगर र गैंडाकोटका कोरोना संक्रमितको मृत्यु
०

चितवन, वैशाख २५–
चितवनको भरतपुर अस्पतालमा थप दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका एक र नवलपरासी (सुस्ता पूर्व) गैंडाकोटका एक जना रहेका छन् ।
अस्पतालमा उपचारको क्रममा गैंडाकोट नगरपालिका–११ मुन्नाटोल बस्ने ९४ वर्षीय पुरुषको आज विहान १ः४५ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । उनलाई वैशाख १४ गते अस्पताल भर्ना गरिएको थियो ।
यसैगरि गयराति चितवनको रत्ननगर नगरपालिका–१३ जयमंगलाका ६२ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख ५ गते अस्पताल भर्ना भएका ती पुरुषको शुक्रबार राति ९ः५५ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई शुक्रबार मात्रै कोभिड आइसीयूमा भेन्टिलेटरको सहायतामा राखेर उपचार थालिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























